बाह्रबिसेको निषेधाज्ञा हट्यो

बाह्रबिसेको निषेधाज्ञा हट्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ ।

बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि हाललाई निषेधाज्ञा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए ।

सर्वपक्षीय भेलाले बाह्रबिसे नगरपालिकाका अधिकृत युगबहादुर खड्काको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रहरी अधिकृत तथा अमिन सम्मिलित सात सदस्यीय छानविन समिति गठन गरेको छ ।

छानबिन समितिको प्रतिवेदन आएपछि मात्र उचित निर्णय लिई अघि बढने प्रजिअ चेम्जोङले बताए ।
राजमार्ग साँघुरो हुने गरी अतिक्रमण गरेर दाँयाबाँया वनाइएका घरटहरा भत्काउन नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार डोजर प्रयोग गरी भत्काइएको थियो ।

घरटहरा भत्काएको विरोधमा झडप भएपछि स्थितिलाई शान्त गराउन स्थानीय प्रशासनले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाउने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।

संम्बधित खबर

विशेष