News

ट्रकको ठक्करबाट युवकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

ट्रकको ठक्करबाट युवकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

कैलाली – कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। युवकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित हुँदै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

लम्कीचुहा नगरपालिका–२, गणेशपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वडा नम्बर ६ बावनपुरका ३१ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारी स्थानीयले न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सोमबार पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नम्बरको ट्रकले प्रदेश २–०३ ००४ प ९६११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विकको मृत्यु भएको थियो । घटनालगत्तै सोमबार पनि स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए । दुवै पक्षबीच वार्ता गर्ने सहमतीमा सोमबार रातीदेखि भने सवारीसाधन चल्न दिइएको थियो ।

तर, मंगलबार बिहान पीडित पक्ष र ट्रक मालिकबीच भएको छलफलमा सहमती जुट्न नसकेपछि मंगलबार विहान ९ बजेदेखि स्थानीयले फेरि राजमार्ग अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्थानीयले दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतीपुर्तिको माग गर्दै आएका छन् ।

विशेष