अब कसैलाई ‘तँ’ भन्न नपाइने!
काठमाडौंः सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्याकर्तालाई अनुशासनमा बाँध्न आचारसंहिता जारी गरेको छ ।
पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरी नेताहरुलाई आइतबार पठाएको १२ पानाको विशेष परिपत्रमामा पार्टी नेता र कार्यकर्ताले अवलम्बन गर्ने आचारसंहितादेखि संगठन विभागलाई थपिएको अधिकारसम्म जानकारी गराइएको छ ।
परिपत्रमा नेता कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता जारी गरिएको उल्लेख छ । परिवारका सदस्यसँग गरिने बोलीचाली र व्यवहारदेखि खानपान, उठबससम्मका विषयमा अवलम्बन गर्नुपर्ने नीतिसमेत उल्लेख परिपत्रमा छ ।
नेकपाले बनाएको आचारसंहितामा पार्टी नेता कार्यकर्ता कसैले पनि अरु कसैलाई पनि तँ समेत भन्न नपाइने उल्लेख छ । यो माचार आजको आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
नेकपा