News

हात्तिको वनभोज

हात्तिको वनभोज

सौराहा ।  ‘हात्ती मान्छेको साथी’ भन्ने मूल नारासाथ आयोजना गरिएको हात्ती महोत्सवमा हात्तीको पिकनिकको आयोजना गरिएको छ । हात्तीले मन पराउने खाना खुवाएर हात्ती वनभोज गराइएको हो ।

सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हात्तीका विभिन्न गतिविधिमध्ये हात्ती वनभोज एक हो । हात्तीलाई काममा मात्रै लगाइँदैन । मीठोमठो खानेकुरा पनि खुवाइन्छ भन्ने सन्देश दिन हात्तीका लागि वनभोज गराइएको हो, हात्ती महोत्सवअन्तर्गत हात्ती खेलकुद समितिका संयोजक अन्जन पाण्डेले भन्नुभयो ।

हामी हात्तीलाई यातना दिएर होइन मीठामीठा खानेकुरा खुवाएर फकाइफकाई काममा लगाउँछौँ भन्ने सन्देश हात्ती वनभोजले दिएको छ, हात्ती महोत्सव आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भन्नुभयो, एउटा हात्तीलाई २५ किलोका दरले खानेकुरा खुवाएर पिकनिक गराइएकोे छ ।

हात्तीलाई मनपर्ने खानेकुरा उखु, सुन्तला, केरा, गाजरलगायतका फलफूल र धान, भेली, नुन, चनालाई परालमा बेरेर बनाइने कुची दिएर हात्तीको वनभोज गरिएको हो । वनभोज कार्यक्रममा चितवनमा रहेका ८५ वटा हात्ती सहभागी गराइएको छ । सौराहाको निजी क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीलाई हात्ती वनभोजमा सहभागी गराइएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा बसन्त पराजुलीले लेखेका छन ।  

हात्ती पिकनिक

विशेष