News

वामदेव गौतम यसरी बन्दैछन् शक्तिशाली

वामदेव गौतम यसरी बन्दैछन् शक्तिशाली

काठमाडौंः नेकपाले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ । मौजुदा नियमावलीमा संगठन विागको अकिार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृत्वको संगठन विभागलाई दिएको छ । 

हाल नेकपाले आफूसँग ८ लाख सदस्य रहेको दाबी गरेको छ । पार्टी सचिवालय सदस्य गौतम नेकपाका संगठन विभाग प्रमुख र प्रस्तावित उपाध्यक्ष हुन् । उनलाई उपाध्यक्ष बनाउने गरी पुष पहिलो साता सम्पन्न स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित भएको छ।

अब १५ माघमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन भएपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन् । त्यस्तै बैठकबाटै नियमावली संशोधनको प्रस्ताव अनुमोदन भएपछि गौतम उपाध्यक्ष र संगठन विभाग प्रमुखका रूपमा शक्तिशाली नेतासमेत हुने छन् । यसअघि विभागलाई ६ वटा अधिकार रहेकामा थपिएर ११ बनाउन लागिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

वामदेव गौतम नेकपा शक्तिशाली

विशेष