मुलुकमा राजसंस्था भन्दा पितृसंस्था बलियो: तुम्बाहाङ्फे

मुलुकमा राजसंस्था भन्दा पितृसंस्था बलियो:  तुम्बाहाङ्फे

काठमाडौँ। प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता फाल्न नसकेको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठक आफैंले सञ्चालन गरी राजीनामा बुझाएकी उनले त्यसलगत्तै पत्रकार सम्मेलन गरी यस्तो बताएकी हुन् । हक्की, स्पष्ट र मन नपरेको कुरालाई प्रस्टसँग प्रस्तुत गर्ने तुम्बाहाङ्फेले आफूले महिला भएर पनि संवैधानिक अंगको नेतृत्व लिन सक्ने दाबी प्रस्तुत गरिरहेकी थिइन् ।

उनले विगतमा पनि उपसभामुखबाट सभामुख बनेको नजिरलाई नजरअन्दाज नगर्न पार्टी नेतृत्वलाई पटक–पटक बताउँदै आएकी थिइन् । उनले यही विषयलाई आधार बनाउँदै महिला नेतृत्व अस्वीकार गर्ने पुरुषप्रधान समाजका कारण आफू सभामुख हुनबाट वञ्चित हुनेपरेको बताइन् । यो समाचार आजको राजधानी दैनिकमा सबिन शर्माले  लेखेका छन।  

 

डा. शिवमाया तुम्बाहाङ्फे

संम्बधित खबर

विशेष