News

कस्तो छ आजको मौसम?

कस्तो छ आजको मौसम?

काठमाडौंः नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमानका अनुसार हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ ।

यसैगरी दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । भने पश्चिमी  भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । त्यस्तै मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखी मध्यम  हिमपातको सम्भावना रहेको छ । राति भने देशका अधिकांश भू–भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखा मौसम पश्चिमी न्यून चापीय प्रणाली

विशेष