News

मन्त्रिपरिषद्का यस्ता छन् १४ निर्णय

काठमाडौँ — सरकारले गत विभिन्न १४ वटा निर्णय गरेकाे छ। सरकारले चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ भने नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको छ।

उनीहरूको भिसा दिस्तुर तथा बिलम्ब शुल्क बापतको ४ हजार ६ सय ४०अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय लिइएको हो। सरकारले एक स्वास्थ्य रणनीति, २०७६ पनि स्वीकृत गरेको बाँस्कोटाले जानकारी दिए।

त्यस्तै चक्रपथको दोस्रो चरणको विस्तार परियोजना कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डको विस्तारका लागि मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई स्वीकृति दिएको हो।

उक्त खण्डको सडकको चौडाइ ३१/३१ मिटर बनाउने गरी जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको सरकारका प्रवक्तासमेत रहकेा संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

विशेष