News

प्रेमिकाले विवाह गर्न नमानेपछि आत्महत्या

प्रेमिकाले विवाह गर्न नमानेपछि आत्महत्या

काठमाडौँ। प्रेममा असफल भएपछि जोरपाटीस्थित एक युवकले आत्महत्या गरेका छन । जात नमिलेको भन्दै केटिले विवाह गर्न नमानेपछि उनले आत्महत्या गरेका हुन्।

रौतहट घर भई दक्षिण ढोका नजिकै गलैचा कारखानामा काम गर्दै आएका टेकबहादुर तामाङले आत्महत्या गरेको महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ।

तामाङले कारखानामा रहेको फलामको डण्डीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। छिमेकीका अनुसार मृतक तामाङ निकै मिलनसार र असल स्वभावका थिए।

आत्महत्या

विशेष