News

पहिलो ५ महिनाको वैदेशिक व्यापारघाटा ६ दशमलव ३२ प्रतिशतले घट्यो

पहिलो ५ महिनाको वैदेशिक व्यापारघाटा ६ दशमलव ३२ प्रतिशतले घट्यो

काठमाडौं । आयातमा गरिएको कडाइ र निर्यातमा आएको सुधारका कारण चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुलुकको व्यापारघाटा ६ दशमलव ३२ प्रतिशतले घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालू आवको पहिलो ५ महिनामा व्यापारघाटा रू ५ खर्ब ३३ अर्ब रहेको छ, जुन अघिल्लो आवको यसै अवधिमा रू। ५ खर्ब ६९ अर्ब रहेको थियो । 

अघिल्ला महिनाहरुमा झैँ मंसिरमा पनि मुलुकको आयातमा कमी आएको छ भने निर्यात बढेको छ । यस अवधिमा निर्यात २७ प्रतिशतले बढेको छ भने निर्यात ४ दशमलव २४ प्रतिशतले घटेको छ । 

विभागका अनुसार मंसिरसम्ममा नेपालमा रू। ५ खर्ब ७३ अर्ब बराबरको वस्तु आयात भएको छ भने निर्यात रू। ४७ अर्बको पुगेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।  

बैदेशिक व्यापार घाटा

विशेष