मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

सप्तरीः राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
सप्तरी मोटरसाइकल दुर्घटना सुशीलकुमार चौधरी