News

सभामुख निर्वाचनका लागि मनोनयन दर्ता आज ११ बजेदेखि २ बजेसम्म

सभामुख निर्वाचनका लागि मनोनयन दर्ता आज ११ बजेदेखि २ बजेसम्म

काठमाडौँ। माघ १२ गते आइतबार हुने लागेको हुने सभामुख निर्वाचनका लागि आज दलहरुले उम्मेदवारको मनोनयन दर्ता गर्दैछन।  

मनोनयन दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मलाई तोकिएको छ। उम्मेदवार दर्ताको सूची आजै दिउँसो साँढे २ बजे सार्वजनिक गरिनेछ। रिक्त भएको चार महिनापछि सभामुख निर्वाचन हुन लागेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले स्थायी समिति सदस्य एंव सांसद अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

संसदमा नेकपाको सुविधाजनक बहुमत रहेकाले उनीनै सभामुख हुने लगभग निश्चित छ । अरु दलले उम्मेद्वारी नदिएमा उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको अर्को बैठक १२ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकले नै सभामुख चयन गर्नेछ ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यसअघि प्रतिधिनिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा हिजो बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुख चयनको लागि माघ १२ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

सभामुख निर्वाचन

विशेष