भाजापाको अध्यक्षमा जेपी नड्डा चयन

काठमाडौंः भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजापा) को नेतृत्व जगत प्रकाश नड्डन (जेपी) ले सम्हालेका छन् । सोमबार निर्वतमान अध्यक्ष अमित शाहले नड्डालाई भाजपाको अध्यक्षको पदभार हस्तान्तरण गरेका हुन् ।
कार्यकाल बाँकी रहे पनि गृहमन्त्री भएसँगै अमित शाहले पार्टी नेतृत्व छाडेका थिए । भाजपामा एक व्यक्ति, एक पदको व्यवस्था भएकाले शाहले पार्टीको नेतृत्व छोडेका हुन् ।
नयाँ अध्यक्ष नड्डालाई दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले शुभकामना दिएका छन् । राजदूत आचार्यले नड्डाको कार्यकालमा नेपाल–भारत सम्बन्ध थब बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
भारतीय जनता पार्टी जेपी नड्डा भाजापा जगत प्रकाश नड्डन