News

पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले  पश्चिमी भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ । सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार यस वर्ष मौसमी पप्रणालीको ्रभावले  केही दिन मौसम खुला हुने र  फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था दोहोरिरहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ । तराईका भूभागमा बाक्लो हुस्सु लागिरहेको र त्यो अपराह्नपछि विस्तारै हटेर जाने जनाइएको छ ।

राति देशका पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।बुधबार देशभर मौसम सामान्यतया सफा रहने र तराई भूभागमा हुस्सु कायमै रहने बताइएको छ ।

बिहीबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

 

जल तथा मौसम विज्ञान विभाग

विशेष