स्वास्थ्य विदेश

चीनमा काेरोना भाइरसका कारण ९ को मृत्यु, ४४० पीडित

चीनमा काेरोना भाइरसका कारण ९ को मृत्यु, ४४० पीडित

एजेन्सी । नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले घोषणा गरेका छन् । यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ ।

यस नयाँ भाइरसका कारण हालसम्म नौ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरु चीनको हुबेई प्रान्तका रहेका राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक ली बिनले बताए ।
पत्रकार सम्मेलनमा उपनिर्देशक लीले मङ्गलबार मात्र १४९ जनामा भाइरस देखिएको पुष्टि भएको जानकारी दिए ।

विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एक जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ ।

चिनियाँ अधिकारीहरुले कूल २,१९७ को विशेष निगरानी गरिएको र तीमध्ये १ हजार ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएका छन् । स्वास्थ्य जाँच गरिएकामध्ये ७६५ जनालाई डिस्चार्ज गरिएको छ । विज्ञहरूले श्वासप्रश्वासबाट यो भाइरस अर्को व्यक्तिमा सङ्क्रमण हुने बताएका छन् ।

विज्ञहरूले चिनियाँ नयाँ वर्षका अवसरमा ठूलो संख्यामा मानिसको आवतजावत हुने भएकाले यस भाइरसको सङ्क्रमणबाट सतर्क रहन आह्वान गरेका छन् ।
 

विशेष