नारायणगढ-मुग्लिङ सडकखण्डमा सुख्खा पहिरो

चितवन । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गतको चार किलोमा मंगलबार राति सुख्खा पहिरो खसेको छ।
मंगलबार राति नौ बजेतिर चार किलोमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।
राति नै पहिरो हटाएर बिहान पौने तीन बजे सडक सञ्चालन गराइएको खनालले बताए ।
रातभर गाडी रोकिएका कारण बिहानपख सडकमा केही जाम देखिए पनि यो समस्या लामो समय नरहने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।