जम्मु-कश्मिर आतंकवादी झडपमा एक नेपाली सहित २ सैनिकको मृत्यु
एजेन्सी । भारतको जम्मू-कश्मीरमा आतंकवादीसँगको झडपमा परि एक नेपाली युवासहित २ भारतीय सैनिकको मृत्यु भएको छ ।
बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा २५ वर्षीय अर्जुन थापा मगर र भारतीय नागरिक २९ वर्षीय सावन्त सन्दीप रघुनाथको मृत्यु भएको भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले जनाएका छन्।
ठूलो परिमाणमा हातहतियारसहितका आतंकवादीसँगको आक्रमणमा दुवै जनाले ज्यान गुमाएको जनसम्पर्क अधिकृत आनन्दले जनाएका छन्। ‘नायक रघुनाथ र राइफलम्यान मगर बहादुर, जिम्मेवार र साहसी सिपाही रहेको समेत उनले बताएका छन ।
सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ।
भिडन्त