News

प्राविधिक विषयको कक्षा सञ्चालन गर्न महायज्ञ

प्राविधिक विषयको कक्षा सञ्चालन गर्न महायज्ञ

भक्तपुर। प्राविधिक विषयको पढाइ सञ्चालन गर्न चाँगुनारायण माध्यमिक विद्यालयले श्रीमतभागवत महायज्ञ पुराणको आयोजना गर्ने भएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं.१ मा अवस्थित उक्त विद्यालयले बढ्दो प्राविधिक शिक्षाको आवश्यकतालाई मध्यनजर गरी समग्र चाँगुनारायणमा प्राविधिक शिक्षाको विस्तार गर्ने उद्देश्यले श्रीमद् भागवत ज्ञानमहायज्ञको आयोजना गर्न लागेको हो ।

विद्यालयमा नै आयोति पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक दधिराम गेलालले प्राविधिक जनशक्तिको उत्पादन विना देशको विकास सम्भव नभएको भन्दै आफूहरुले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको विकास गर्न यज्ञको आयोजना गर्न लागेको बताए ।

विद्यालयले स्थानीय गरिब तथा जेहेन्दार विद्यार्थीलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग जुटाउन विद्यालय हातामा आगामी माघ ११ गतेदेखि ज्ञानमहायज्ञ लगाउन लागिएको हो । महायज्ञबाट करिब २ करोड रकम  संकलन हुने लक्ष्य राखिएको छ।  

करिब एक सातासम्म संचालन हुने यस महायज्ञमा भागवत भाष्कर पण्डित माधवप्रसाद कुईकेलले पुराण बाचन गर्ने जनाइएको छ । शिशु कक्षादेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा अहिले ५ सय १५ जना बिद्यार्थी अध्ययन गर्दै आएका छन् ।

प्राविधिक पढाइ महायज्ञ

विशेष