स्मार्ट लाईसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने
काठमाडौं। ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुनुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् ।
सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसेन्सका लागि आवेदन दिएका आवेदकले अझै ६ महिनासम्म कुर्नुपर्ने भएको हो । यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ठूलो क्षमताको मेसिन ल्याएको तीन महिनापछि सञ्चालनमा ल्याइएको छ ।
तर, क्षमताभन्दा आधा मात्र छपाइ भइरहेको छ । विभागका प्रवक्ता तीर्थराज खनालले हाल ५ हजारमाथि स्मार्ट लाइसेन्स प्रिन्ट भइरहेको बताए । आधुनिक मेसिनले प्रतिघण्टा ४५० प्रति स्मार्ट लाइसेन्स छाप्न सक्ने क्षमता भए पनि हाल त्यसको आधा मात्र छाप्ने काम भइरहेको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन ।
स्मार्ट लाईसेन्स