हुम्लाको उनापानीमा ज्वरोको प्रकोपः घरघरमा बिरामी, तर औषधि छैन

हुम्लाः हिमपातले ल्याएको चिसोसँगै हुम्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँमा १५ पुसदेखि फैलिएको मौसमी रुघाखोकी र ज्वरो अझै रोकिएको छैन । ६० घरपरिवार रहेको गाउँका प्रत्येक घरमा बिरामी छन् ।
उनापानी स्वास्थ्य इकाइमा औषधि नहुँदा फ्लु नियन्त्रणबाहिर गएको अनमि नन्दा फडेराले बताइन् । कतिपयमा दमको समस्यासमेत देखिएको छ ।
‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो, तर गाउँमा बिरामी बढेका बढ्यै छन्,’ उनले भनिन्, ‘दैनिक ३०–४० बिरामी हामीकहाँ आउँछन्, तर त्यसै फर्काउनुपरेको छ ।’ स्थानीय शिला कार्कीका अनुसार गाउँमा वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
हिमपात हुम्ला मौसमी रुघाखोकी बिरामी औषधि