News

छुरा प्रहार गरि आफ्नै साथीको हत्या

छुरा प्रहार गरि आफ्नै साथीको हत्या

भक्तपुर। छुरा प्रहार गरि गएराती भक्तपुरमा एक युवकको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले २ युवकलाई पक्राउ गरेको छ।  

छुरा प्रहारबाट गम्भीर घाइते भएका भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको  महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

५ जना युवा मिलेर नगरपालिका–६, भोलाछेंमा सल्लाहमा उनीहरुले मदिरा सेवन गरेका थिए। यसै क्रममा सामान्य विवाद भएपछि आफ्नै साथीलाई छुरा प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

पक्राउ पर्नेमा क्रमश १५ र १६ बर्षका किशोर रहेका छन। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।   

छुरा प्रहार

विशेष