बझाङका उच्च भेगमा फेरि हिमपात, जनजीवन प्रभावित

बझाङः बझाङको साइपाल गाउँपालिकालगायत अन्य ग्रामीण बस्तीमा फेरि हिमपात सुरु भएको छ । हिमपातका कारण साइपाल गाउँपालिकामा कार्यरत कर्मचारी प्रहरुराम डगौरा लडेर घाइते भएका छन् ।
साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीका अनुसार महेन्द्रनगर घर भएका डगौरा साइपाल गाउँपालिकाको काँडा भन्ने ठाउँमा जाने क्रममा पानलोटे भन्ने ठाँउमा हिउँमा चिप्लिएर लड्दा घाइते भएका हुन् ।
डगौराको दाँया खुट्टामा चोट लागेको छ । यातायातको सुविधा नभएका कारण ८ जना भरिया बनाएर डगौरालाई सदरमुकामतर्फ ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिए । (फाइल तस्बिर)
बझाङ हिमपात साइपाल गाउँपालिका राजेन्द्रबहादुर धामी