विदेश

अष्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना

अष्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना

काठमाडौंः अष्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना हुँदा अमेरिकी मुलका चालक दलको मृत्यु भएको छ ।  बिहीबार स्थानीय समयअनुसार साढे १ बजे दक्षिणी न्यु साउथ वेल्समा ठूलो ‘एअर ट्याङ्कर’ (आगो निभाउन पानी बोकेको विमान) हराइरहेको बताइएको थियो । 

विमान दुर्घटनाको कारणबारे पनि थाहा भइसकेको छैन । न्यु साउथ वेल्स (एनएसडब्ल्यू) की प्रमुख ग्लेडिस बेरेजिक्लियनले अग्नि नियन्त्रक बोकेको विमान अस्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घण्टा टाढाको दक्षिणमा रहेको पहाडमा दुर्घटना भएको बताइन् । 

‘हाम्रो विचार, प्रार्थना र हार्दिक समवेदना दुर्घटनामा ज्यान गुमाएका परिवारमा जान्छ’, उनले समवेदना प्रकट गर्दै भनिन् । चालक दलका तीन जना सदस्यको पहिचान नभए पनि अमेरिकी मुलका नागरिक रहेको आधिकारिक स्रोतले बताएको छ । 

अस्ट्रेलियाको जङ्गलमा लागिरहेको आगो निभाउनको लागि मद्दत गर्न ती चालक दललाई अनुबन्धन गरिएको न्यु साउथ वेल्सको रुरल फायर सर्भिसले बताएको छ । 

हरक्युलिस सी–१३० पानीको फोहरा फ्याँक्ने विमान आगलागी भएको क्षेत्रका लागि तैनाथ गरिएको थियो । 

अष्ट्रेलिया विमान दुर्घटना अग्नि नियन्त्रक

विशेष