एउटै जिल्लामा ५८ करोडको सुन्तला
स्याङ्जा। सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ ।
सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताए ।
यहाँ एक हजार ९९० हेक्टरमा सुन्तला बंगैचा छन् । यद्यपि सुन्तला उत्पादन भने एक हजार १९४ हेक्टर क्षेत्रफलमा १२ हजार ८० मेट सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्षभन्दा कम सुन्तला उत्पादन भए पनि गत वर्ष यो वर्षको भन्दा बढी मूल्य किसानले पाउन सफल भएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।