वायुसेवा निगमका २५ पाइलटद्वारा सामूहिक राजीनामा

काठमाडौंः नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धरासयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृत गर्न पाइलटले तीन महिनाको म्याद दिएका छन् ।
स्वीकृत भए अन्तर्राष्ट्रिय उडान ठप्प हुने छ । वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन्। राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुने भने १० जना को–पाइलट हुन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
नेपाल वायुसेवा निगम पाइलट सामूहिक राजीनामा