News

माता लक्ष्मीलाई खुसि पार्न गर्नुहोस् यी काम, हुनेछ धनको वर्षा

माता लक्ष्मीलाई खुसि पार्न गर्नुहोस् यी काम, हुनेछ धनको वर्षा

काठमाडौंः सनातन हिन्दू धर्ममा शुक्रवारलाई लक्ष्मी र वैभव–विलासको दिन मान्ने गरिन्छ । आज माता लक्ष्मीलाई खुसी पार्नका लागि पनि गरिन्छ । यसै अवसरमा आज हामी माता लक्ष्मीलाई खुसी पार्न अपनाउनुपर्ने उपायहरुका बारेमा जानकारी गराउँदै छौं, जसले गर्दा तपाईको जीवनमा सधैं सुख शान्ति र समृद्धि प्राप्त हुनेछ ।

– भनिन्छ माता लक्ष्मी जुनसुकै समय मापनि घरमा आउन सक्छिन । तथापि साँझको समयमा घरमा लक्ष्मीको प्रवेश हुने भएकाले साँझमा माताको नाममा दीप प्रज्वलन गर्नुलाई शुभ मानिन्छ ।      

– शुक्रवार बिहानै शुद्ध मनले गाईलाई रोटी खुवाउँदा पनि लक्ष्मी प्रसन्न हुने मान्यता रहेको छ ।  

– शुक्रवारको दिन सम्भवत घर सरसफाई गर्नुहुँदैन यसले घरमा लक्ष्मीको वास नहुने बिश्वास गरिन्छ ।  

  यसका अलावा अरु के गर्ने?

– घरमा तुलसी रोप्ने र नियमित पुजा गर्ने 

– पानीमा चन्दन मिसाएर स्नान गर्ने 

– चाँदी या चन्दनको टुक्रालाई नदीमा बहाउने 

– सुगन्धित वस्तुहरुको प्रयोग गर्ने 

बिहिवार लक्ष्मी पुजा

माता लक्ष्मी शुक्रबार

विशेष