महाभारतका यी ३ घटना, जसको असर अझै पनि देख्न सकिन्छ
हिन्दु धर्ममा धार्मिक ग्रन्थ महाभारतलाई ठुलो र रोचक ग्रन्थको रुपमा मानिन्छ। धर्मको रक्षाका निम्ति भाईभाईबीच भएको गृहयुद्धको खानीका बारेमा अझै पनि मानिसहरु अन्जान नै छन। आज हामी महाभारतमा भएका यस्ता ३ घटनाका बारेमा बताउन जाँदैछौं जसको असर आजसम्म पनि पृथ्वीमा देख्न सकिन्छ।
युधिष्ठिरले दिएका थिए सबै स्त्रीलाई यो श्राप
महाभारतको युद्धको समाप्ति पश्चात माता कुन्तीले पाण्डवसामू गई कर्ण उनीहरुको भाई भएको बताईन। कुन्तीको कुराले पाण्डवहरु निराश भए र युधिष्ठिरले कर्णको अन्तिम संस्कार बिधि विधानका साथ गरे। त्यसपश्चात युधिष्ठिर माता कुन्तीको समिपमा गइ आजबाट कुनै पनि स्त्री गोप्य कुरालाई लुकाएर राख्न सक्ने छैनन भनेर श्राप दिए।
पृथ्वीमा कलियुगको आगमन
जब पाण्डवले स्वर्गलोकको प्रस्थान गरे तब उनीहरुले आफ्ना सारा राज्य अभिमन्युका पुत्र परिक्षितको हातमा सुम्पिदिए। एकपटक राजा परिक्षितले शमिक ऋषिको गलामा मरेको सर्पको माला लगाईदिए। जुन कुरा शमिकका पुत्र श्रिंगीले थाहा पाई राजा परिक्षितलाई श्राप दिन लागे आजको सात दिनभित्र तेरो मृत्यु तक्षक नागले डसेर होस्। राजा परिक्षित जीवित रहुन्जेल कलियुगमा पृथ्वीमा आउने त्यति साहस थिएन।
३ हजार बर्षसम्म अश्वास्थामा पृथ्वीमा घुम्न सक्छन
अश्वास्थामाले महाभारतको युद्धमा आफ्नो शस्त्रको दिशा परिवर्तन गरि अभिमन्युकी पत्नी उत्तराको गर्भतर्फ प्रहार गरे। तब भगवान श्री कृष्णले अश्वास्थामालाई श्राप दिए 'तिमी ३ बर्षसम्म पृथ्वीमा भड्किएर बस्नेछौ जुन क्रममा तिम्रो कुनै पुरुषसँग पनि कुरा नहोस।
महाभारत