News

बाँके र बर्दियालाई प्रदेश ५ मा गाभ्ने तयारी

बाँके र बर्दियालाई प्रदेश ५ मा गाभ्ने तयारी

सुर्खेत। बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न पहल सुरु भएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न राजनीतिक दल, नागरिक समाजलगायतको क्रियाशीलता बढेको हो ।

५ नम्बर प्रदेशमा रहेको बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिसाउनु पर्ने आवाज चर्को रुपमा उठेको छ । विगतदेखि नै बाँके र बर्दियासँग कर्णालीको गहिरो साइनो छ।   कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, हुम्ला लगायतका स्थानीयको घरजग्गासमेत बाँके र बर्दियामा रहेको छ । बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिदा कर्णाली प्रदेशको भुगोल हिमालदेखि तराइसम्म पुग्ने सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेल बताउँछन् ।

बाँके र बर्दियाका जनतालाई पनि कर्णालीमा मिसिँदा फाइदा हुने कतिपयको तर्क छ । संघीयता लागु भएपछि बाँके र बर्दियालाई झनै पछाडि पार्ने काम भएको स्थानीयको भनाइ छ ।कर्णालीमा गाभिने बर्दिया र बाँकेका स्थानीयको मागले आफू खुसी भएको कर्णाली प्रदेशका प्रवक्ता समेत रहनु भएकी भूमि, सहकारी तथा कृषि मन्त्री विमला केसीको भनाइ छ ।

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न कानुनी रूपले त्यति सहज भने छैन यद्धपी राजनीतिक सहमति भए असम्भव नभएको कानुनका जानकार बताउँछन ।

 

कर्णाली प्रदेश

विशेष