News

२५ हजार घुससहित विद्युत प्राधिकरणका २ कर्मचारी पक्राउ

२५ हजार घुससहित विद्युत प्राधिकरणका २ कर्मचारी पक्राउ

काठमाडौँ। काठमाडौंस्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रका २ कर्मचारी घुससहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कृष्ण मुरारी चौधरी र  पुरुषोत्तम दाहाल रहेका छन। उनीहरुलाई २५ हजार नगद घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कुमार कोइरालाले जानकारी दिए। 

बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस लिँदा लिदै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो। चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने दाहाललाई काठमाडौं -१४ गुडफुड तन्दुरी अगाडीबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले  जनाएको छ।

विशेष