अवैध सम्बन्धबाट रहेको गर्भपतन गराउँने दुई जना पक्राउ
डडेल्धुरा - डडेल्धुराबाट अवैध गर्भपतन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अमरगढी नगरपालिका–५ बस्ने २२ वर्षीया हरिना भट्ट र वडा नम्बर ४ तल्लो खलंगा घर भएका ३६ वर्षीय डम्बरबहादुर रावललाई प्रहरीले पक्राउ गरेको हो।
जाहेरी दरखास्तको आधारमा दुई जनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अहिले गर्भपतन सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी डडेल्धुरा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।
दुई महिना बढी भएको गर्भ औषधि प्रयोग गरि अवैध रुपमा गर्वपतन गरिएको भन्ने प्राम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पर पुरुष संगको अवैध सम्बन्धबाट गर्भ रहन गएकाले दुवै जनाले अबैध गर्भपतन गराएको प्रहरीले जनाएको छ। गर्भपतन गराउने पुरुष रावल पनि विवाहित हुन भने महिला भट्टको पनि एक छोरा रहेको जनाइएको छ।