News

प्रचण्डले दिए सोनाम ल्होछारको शुभकामना

प्रचण्डले दिए सोनाम ल्होछारको शुभकामना

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार–२८५६ को अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्णलाई शुभकामना दिएका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘सोनाम ल्होछार–२८५६ को अवसरमा तामाङ दिदी–बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।’

उनले बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेकासमेत बताएका छन् । अध्यक्ष प्रचण्डले सन्देशमा भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो । हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।’ 

अध्यक्ष प्रचण्डले सोनाम ल्होछारले समस्त समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्दै कामना व्यक्त गरेका छन् । 

सोनाम ल्होछार पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष