तिब्बतबाट नेपालतर्फ बग्ने नदीलाई चीनले अवरोध नगर्ने
काठमाडौँ। तिब्बत हुँदै नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्न चीन सहमत भएको छ। गत असोजमा चिनियाँ राष्ट्रपति सी जिनफ़िङको नेपाल भ्रमणको बेला भएको सीमा व्यवस्थापन प्रणालीसम्बन्धि सम्झौतामा चीनले यस्तो सहमति जनाएको हो।
सरकारले उक्त सझौता हालै संसदमा दर्ता गरेपछि यो बिषय सार्वजनिक भएको हो। कर्णालीसहित कालिगण्डकी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशी र अरुण चीन प्रशासित तिब्बत हुँदै नेपालमा बग्ने मुख्य नदि हुन।
चीनले तिब्बत क्षेत्रमा ड्याम वा डाईभर्सन परियोजना निर्माण गर्दा आस्को असर नेपालमा मात्र नभएर भारतीय क्षेत्रमा समेत नराम्रोसँग पर्ने गर्छ। यी हिमनदीको तल्लो तटीय क्षेत्रमा संचालन भईरहेको जलबिद्युत परियोजना तथा सिंचाई आयोजनामा समेत असर पुर्याउछ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
#नदी