विद्युतीय चुल्होकाे प्रयोग बढाउन अनुदान दिँदै सरकार

काठमाडौंः सरकारले विद्युतीय चुल्होको प्रयोग बढाउन अनुदान रकमसमेत वृद्धि गर्ने भएको छ । हाल नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत १० हजार विद्युतीय चुल्होमा अनुदान दिने कार्यक्रम तय भएको छ । आगामी आवबाट यसलाई बढाइने भएको छ ।
२०७७–७८ बाट एक लाख वटा चुल्होमा सरकारले अनुदान दिएर विद्युतीय चुल्होको प्रवद्र्धन गर्ने जानकारी ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बताए । उनका अनुसार विद्युतीय चुल्हो प्रयोगलाई सरकारले अभियानकै रूपमा अघि बढाउने भएको छ । विद्युतीय चुल्हो प्रयोग गर्दा धेरै समय भान्सामा बिताउने महिला तथा उनीहरूका साना उमेरका केटाकेटीको स्वास्थ्य राम्रो हुनुका साथै समय पनि बचत हुन्छ ।
‘दाउरामा खाना पकाउँदा समय पनि धेरै लाग्छ, महिला र बालबच्चाको स्वास्थ्य पनि खराब हुन्छ’, मन्त्री पुनले भने । ‘विद्युतीय चुल्हो विद्युत् खपत बढाउन मात्र होइन, स्वास्थ्य र समयसँग पनि जोडिएको छ’, महिलालाई चुल्होबाट बाहिर निकालेपछि मात्रै समाज अगाडि बढ्ने चर्चा गर्दै उनले भने, ‘महिलाको शिक्षा, राज्य, प्रशासनिक वा सामाजिक नेतृत्व विकासका लागि विद्युतीय चुल्होले समय बचत हुन्छ।’ अन्नपूर्ण पोस्ट्बाट
विद्युतीय चुल्हो अनुदान