News

ठेकेदारले ज्याला नदिएपछि जोमसोम–कोरला सडक आयोजनाका मजदुर आन्दोलित

ठेकेदारले ज्याला नदिएपछि जोमसोम–कोरला सडक आयोजनाका मजदुर आन्दोलित

म्याग्दी। कालीगण्डकी करिडोर सडकअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाका मजदुरहरु ठेकेदारले ज्याला नदिएपछि आन्दोलनमा उत्रिएका छन । मजदुरहरुको आन्दोलनपछि  सडक निर्माणको काम बन्द भएको छ ।

म्याग्दीको राहुघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले ज्याला नदिएपछि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अगुवाइमा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

निर्माण कम्पनीले २ सय बढी कामदार परिचालन गरेको ९ वटा पेटी ठेकेदारलाई १ करोड ११ लाख रुपैयाँ ज्याला दिन बाँकी रहेको मजदुरका नाइके वेदबहादुर थापाले बताए ।

मजदुरका गुनासोबारे आयोजनामार्फत सम्बन्धित निर्माण कम्पनीको ध्यानकर्षण गराइएको र मजदुरको समस्या बारे प्रशासन कार्यालयले निरन्तर सहजीकरण गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।  

मजदुर जोमसोम–कोरला सडक आयोजना

विशेष