भुक्तानी नदिएपछि उखु किसानले लिए यस्तो एक्सन, उद्योगमा खैलाबैला
सर्लाही – सर्लाहीमा उखु किसानले भुक्तानी नदिएपछि उद्योगभित्रै अवरोध गरेका छन्। धनकौल–३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका हुन् । करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान खोज्दा स्थानीय किसानहरुले अवरोध गरेपछि उद्योग केही समय तनाव ग्रस्त बनेको थियो।
उद्योग मन्त्रालयमा चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको उद्योगले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गरिँदै थियोे । उद्योगमा चिनी ८ हजार क्वीन्टल मौज्दात छ । १० वटा ट्रकमा चिनी काठमाडौं लैजान लाग्दा अवरोध भएको हो ।
जिल्ला प्रसााशन कार्याालय सर्लाहीको रोहोबरमा चिनी बिक्रीको लागि सहजीकरण थालिएको तर बिहानैदेखि स्थानीयको समूहले अबरोध गर्दा उद्योगबाट चिनी पठाउन नसकिएको सर्लाहीको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताए । जिसीकाअनुसार चिनी लैजान नदिन सडकमा स्थानीयले खाल्डो खनेका छन् । उनीहरुले मिलको सुरक्षामा तैनाथ प्रहरीमाथि ढुंगा समेत हानिएको उनले बताए ।