News

नेपाली सेनाका पूर्वसुवेदारको ५० लाख लुटपाट

नेपाली सेनाका पूर्वसुवेदारको ५० लाख लुटपाट

काठमाडौं – नेपाली सेनाका पूर्वसुवेदारको आँखामा एक आपराधिक समूहले खुर्सानीको धुलो हालेर ५० लाख रुपैयाँ लुटेको छ। आँखामा खुर्सानीको धुलो हालेर काभ्रेका बच्चुराम गुरुङ लुटिएका हुन् ।

प्रहरीका अनुसार उनी शनिबार साँझ बालाजुको कोभ्रेस्थली जङ्गलबाट लुटिएका हुन् ।उनलाई लुटेरा समूहले बल्ने ढुंगो बेच्ने लोभ देखाएर जङ्गलमा बोलाई आँखामा खुर्सानीको धुलो हालेर उनले बोकेको पैसा लुटेको महानगरीय अपराध महाशाखाको भनाइ छ ।

लुटेरा समूहको ६ जनालाई प्रहरीले राती नै पक्राउ गर्न सफल भएको छ । उनीहरूबारे थप जानकारी दिन प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । लुटिने गुरुङ नेपाली सेनाका पूर्वसुवेदार रहेको खुलेको छ ।

विशेष