भारतीय राजदूतावास काठमाडौंले ७१ औं गणतन्त्र दिवस मनायो
काठमाडौं - काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७१ औं गणतन्त्र दिवस मनाएको छ । कार्यक्रममा कार्यवाहक राजदूत डा. अजय कुमारले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै समारोह आरम्भ गरी भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।
उक्त अवसरमा कार्यवाहक राजदूतले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना निकटतम नातेदारलाई ५.९७ करोड नेपाली रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरेका थिए । राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरेका छ ।
नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहो¥याउँदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गरेको छ ।
हालसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरी हजारौं नेपाली जनताको स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहँुच विस्तार गरेको छ ।
समारोहमा दूतावासका अधिकारी तथा उनीहरुको परिवारका साथै नेपालमा रहेका भारतीय समुदायका सदस्यहरु तथा भारतका मित्रहरुकोे उपस्थिति थियो । केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले देशभक्तिका गीतहरु प्रस्तुत गरे । नेपाली सेनाको ब्यान्डको मधुर प्रस्तुतिसँगै समारोह सम्पन्न भएको थियो । समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन मुख्य अतिथि थिए ।