बीबीएलः सन्दीपको स्थान लिएका हरिसको उत्कृष्ट बलिङ, मेलबर्नले पायो १४३ रनको लक्ष्य

बीबीएलः सन्दीपको स्थान लिएका हरिसको उत्कृष्ट बलिङ, मेलबर्नले पायो १४३ रनको लक्ष्य

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा सिड्नी थन्डरले सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई १ सय ४३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रन बनायो ।

उसका लागि एलेक्स रसले ४०, म्याथ्यू गिलक्सले २८, कप्तान कलुम फर्ग्युसनले १९, डानियल साम्सले १३ र अर्जुन नायरले अविजित १७ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

बलिङमा मेलबर्नका हरिश रौफ र कप्तान ग्लेन म्याक्सवेलले घातक बलिङ गरे । सन्दीपको स्थानमा प्लइङ ११ मा समावेश गरिएका फास्ट बलर हरिश रौफले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । यस्तै कप्तान म्याक्सवेलले ३ ओभरमा १७ रन दिएर महत्वपूर्ण २ विकेट लिए । यस्तै क्लिन्ट हिन्चलिफ र एडम जम्पाको नाममा एक–एक विकेट रह्यो ।
 
सुरुवातका ४ खेलमा मौका पाएका सन्दीपले पाँचौ म्याच भने गुमाएका छन् । चोटका कारण सन्दीपले सिड्नी विरुद्धको म्याच गुमाएका हुन् ।  जारी सिजिनमा सन्दीपआवद्ध मेलबर्नले ४ म्याच खेल्दा एकमा हार र ३ खेलमा जित हासिल गरेको छ । यता सिड्नीले ५ म्याच खेल्दा ३ मा जित र एक खेलमा मात्र हार बेहोरेको छ । सिडनी अंक तालिकाको शीर्ष स्थानमा छ । सन्दीपआवद्ध मेलर्न तालिकाको तेस्रो स्थानमा छ ।  

सिड्नीविरुद्ध मेलबर्नको प्लेइङ–११ः मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, निक लार्किन, ग्लेन म्याक्सवेल (कप्तान)  बेन डन्क, निक म्याडिन्सन, नाथन कल्टर–नाइल, क्लिन्ट हिन्चलिफ, हरिश रौफ, डेल स्टेन र एडम जम्पा । 

बिग बास लिग बीबीएल सिड्नी थन्डरविरुद्ध मेलबर्न स्टार्स सन्दीप लामिछाने हरिश रौफ

संम्बधित खबर

विशेष