पूर्वसांसद कार्कीको निधन

पाल्पाः पूर्वसांसद गम्भीरजंग कार्कीको निधन भएको छ । नेपाली कांग्रेस पाल्पाका पूर्वजिल्ला सभापति रहेका कार्कीको उपचारका क्रममा काठमाडौंमा गएराति निधन भएको हो । मिर्गौलाको समस्याबाट पीडित कार्कीको ७६ बर्षको उमेरमा निधन भएको हो।
पाल्पाको रम्भा गाउँपालिकाको ताहूँमा स्थायी घर उनी २०४८ सालमा पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०५१ देखि २०५६ सालसम्म कांग्रेस पाल्पाको जिल्ला सभापति बनेका थिए।
त्यसअघि उनी राष्ट्रिय पञ्चायत सदस्यमा पनि निर्वाचित भएका थिए। २०४६ सालको आन्दोलन अगाडि पञ्चायत सदस्य भएपनि संसद्मा प्रजातान्त्रिक आन्दोलनको पक्षमा आवाज उठाउने नेताको रुपमा उनी चिनिन्छन् ।
उनको आज दिउँसो २ बजेपछि कांग्रेस शीर्ष नेताको उपस्थितिमा पशुपति आर्यघाटमा श्रद्वाञ्जली कार्यक्रम गरेर अन्त्यष्टि गरिने कांग्रेस सम्पर्क समितिका सचिव अमृत अधिकारीले जानकारी दिए।
निधन गम्भीरजंग कार्की