News

मदिरा नष्ट गरेको भन्दै डीएसपीलाई धम्की दिने नेविसंघका नेताले माफी मागे

मदिरा नष्ट गरेको भन्दै डीएसपीलाई धम्की दिने नेविसंघका नेताले माफी मागे

बाजुराः मदिरा नष्ट गरेको भन्दै बाजुराका डीएसपीलाई धम्की दिने नेविसंघका नेताले माफी मागेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटलाई धम्की दिने नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्याथी नेता कलकजंग सिंहले फोनमार्फत माफी मागेका हुन् ।

धनगढीमा बस्ने नेविसंघका विद्यार्थी नेता सिंहले गत सोमबार डीएसपी भाटलाई मदिरा नष्ट गरेको आक्रोशमा फोनमार्फत धम्की दिएका थिए । बुधबार फोनमार्फत नै सिंहले डीएसपी भाटलाई माफी मागेका हुन् ।

सिंहले भाटलाई माफी माग्दै भनेका छन्, ‘आक्रोशमा आएर जे–जे धम्की दिए, गाली गरेँ, त्यसको लागि मलाई माफी गरिदिनुहोला । अब त्यस्तो गर्ने छैन ।’ 

डीएसपी मदिरा नष्ट नायब उपरीक्षक उद्धवसिंह भाट धम्की

विशेष