News

सरकारी एम्बुलेन्समा गाँजा तस्करी!

सरकारी एम्बुलेन्समा गाँजा तस्करी!

रौतहटः जिल्लाको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्समा गाँजा तस्करी भएको पाइएको छ । शनिबार साँझ हेटौंडा उपमहानगरपालिकाबाट उक्त सरकारी एम्बुलेन्समा प्रहरीले ३० किलो ६ सय ग्राम गाँजा फेला पारेको हो।

इलाका प्रहरी कार्यालय नेवारपानीले बा२झ १७४९ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्सका चालक डुमरिया नगरपालिका–९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी पक्राउ परेका छन् ।

उनीहरूले मकवानपुरबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा तीन वटा झोलाभित्र ६ वटा पोका बनाएर राखेको गाँजा फेला परेको थियो । एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ । एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रौतहट एम्बुलेन्स गाँजा तस्करी सरकारी एम्बुलेन्स

विशेष