News मनोरञ्जन

आस्था राउतविरुद्ध प्रशासनले गर्‍यो यस्तो निर्णय

आस्था राउतविरुद्ध प्रशासनले गर्‍यो यस्तो निर्णय

काठमाडौँ – एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतविरूद्द जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कानुनअनुसार कडा निर्णय गरेकाे छ। अस्थालाई ४ दिन सम्म हिरासतमा राख्न प्रशासनबाट प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

विशेष