News राजनीति

सभामुखमा निर्वाचित सापकाेटालाई चिनियाँ राजदूतले हतारमा बधाई दिएपछि उठ्याे यस्ताे प्रश्न!

सभामुखमा निर्वाचित सापकाेटालाई चिनियाँ राजदूतले हतारमा बधाई दिएपछि उठ्याे यस्ताे प्रश्न!

काठमाडाैँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी छन् ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई समेत ज्ञापन गरेकी छन् ।

तर यसरी चिनियाँ राजदूत यान्छीले सभामुख सापकोटालाई भेटेर बधाई नदिनु पर्ने भन्दै विभिन्न तह र तप्कामा कुरा उठ्न थालेकाे छ। किनभने सापकाेटाको नियुक्तिमा अन्तर्राष्ट्रिय समुदायले कडा आपत्ति जनाउँदै सरकारकाे यस्ताे रवैयाकाे कडा आलाेचना गरेकाे छ।

चिनियाँ राजदूत यान्छीले यसरी हतार हतारमा बधाइ नदिइ आलाेचना राेकिएकाे बेला भेटेकाे भए राम्राे हुने थियाे की भन्ने प्रश्न अन्तर्राष्ट्रिय जगतमै  उठ्न थालेकाे छ।

यसरी चिनियाँ राजदूतबिरूद्ध एउटा समाचार नै प्रकाशित हुन सक्छ की उनले हतार हतारमा सभामुख भेटिन् भनेर। जसलाई विगतकाे अपराधिक रेकर्डका कारण नागरिक अधिकार संगठन, मानव अधिकार संगठन र मिडिया लगायत धेरै क्षेत्रले नकारात्मक दृष्टिकाेणबाट हेरिरहेकाे छ।

सापकोटाको निर्देशनमा मारिएका अर्जुन लामाकाे पत्नीले सापकोटालाई सभामुखको पदमा नियुक्त गरिएकाेमा विराेध गरेकी छन्। सभामुख सापकोटाले सोमबार बिहान पद तथा गोपनियताको सपथ लिएका थिए । आइतबार बसेको संसद बैठकमा सापकोटा निर्विरोध निर्वाचित भएका थिए ।

विशेष