काँग्रेस पार्टी कार्यालयमा कार्यकर्ताबीच झडप, नेताहरुको गाडी तोडभोड
काठमाडौँ – नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा झडप भएको छ। नेविसंघका कार्यकर्ताहरुले अन्तरिक विषयलाई लिएर एक आपसमै हातपात गरेका छन्। सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच झडप भएको हो ।
सोमबार दिउँसो पनि दुई पक्षबीच झडप भएकोमा अपरान्ह केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप भएको हो । काँग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा मुक्कामुक्की र ढुंगाहानाहानमा उत्रिएका छन् ।
झडपमा दर्जन बढी नेविसंघका कार्यकर्ता घाइते भएका छन् । यस्तै झडपका क्रममा बैठकमा सहभागी हुन पुगेका नेताहरुको गाडी समेत तोडफोड भएको छ।