News

कैलालीमा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

कैलालीमा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

कैलाली - कैलालीमा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन्। सुनपाल सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका हुन् ।

गौरीगंगा नगरपालिका– ७ मा रहेको सामुदायिक वन क्षेत्रसँग जोडिएको राष्ट्रिय वनबाट सालको काठ तस्करी गरेको आरोपमा अध्यक्ष डिल्लीराज जोशी र कोषाध्यक्ष पर्शुराम चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।

काठ तस्करीको आरोपमा अध्यक्ष जोशी र कोषाध्यक्ष चौधरीसहित १० जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ । सामुदायिक वनका अध्यक्ष, कोषाध्यक्षसहितको मिलोमतोमा १० रुख अवैध रूपमा काटिएको फेला परेको जनाइएको छ ।

विशेष