News

पानी पर्ने प्रणाली फेरि सक्रियः भोलिभन्दा बुधबार धेरै पानी पर्ने सम्भावना

पानी पर्ने प्रणाली फेरि सक्रियः भोलिभन्दा बुधबार धेरै पानी पर्ने सम्भावना

काठमाडौंः मंगलबारदेखि पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ । उनका अनुसार यो प्रणालीले मङ्गलबारभन्दा बुधबार धेरै पानी पार्नेछ । तर यो प्रणाली यसअघिको जस्तो लगातार झरी पार्ने खालको भने नभएको मौसमविद् प्रधानाङगले जानकारी दिए । 

मङ्गलबार दिउँसो देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बादल लाग्नेछ भने तराईमा लागेको हुस्सु दिउँसोपछि मात्रै हट्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए । 

मौसम पूर्वानुमान महाशाखा पानी न्यून चापीय प्रणाली

विशेष