News

एयरपोर्टमा अत्याधुनिक अध्यागमन सेवा

एयरपोर्टमा अत्याधुनिक अध्यागमन सेवा

काठमाडौं  ।सरकारले नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन अध्यागमन विभागबाट विकास गरिएको नेपाली पोर्ट नामक नयाँ प्रणालीलाई सोमबारदेखि सुरु गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो नयाँ पोर्टको सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालबाट उद्घाटन गर्नेछन् । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलको निरन्तरको सक्रियताबाट विकास गरिएको सो नयाँ पोर्ट लागू भएपछि अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा सञ्चालनमा आउनेछ ।

आइरिस मेसिन र वायोमेट्रिक विवरणसहितको अध्यागमन सूचना प्रणालीअनुसार काम अगाडि बढाइने विभागले जनाएको छ । मुलुकको अन्तर्राष्ट्रिय छवि र सम्बन्धसँग समेत जोडिएको विषय भएकाले विभागले सो अत्याधुनिक प्रणालीमार्फत अध्यागमन सेवा दिने गरी सूचना प्रणालीको विकास गरेको विभागका महानिर्देशक पौडेलले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।  

एयरपोर्ट अध्यागमन सेवा

विशेष