News

एनसेल टावरमा बम बिष्फोट

एनसेल टावरमा बम बिष्फोट

सर्लाही। सर्लाहीको लालबन्दीमा एनसेलको टावरमा बम विष्फोट भएको छ । सोमबार बिहान १ बजेको समयमा लालबन्दी नगरपालिका-१६ परवानिपुरस्थित एनसेलको टावरमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

बम विष्फोटको ठूलो आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी उपरिक्षक पोखरेलले भने, ‘म भर्खरै घटन स्थल पुगेर आएँ । टावरमा सामान्य क्षति भएको छ।’ 

टावर गाउँबाट झण्डै आधा किलोमिटर टाढा रहेकोले मानवीय क्षति नभएपछि एका बिहानै  बम विस्फाेटकाे ङटनाले स्थानीय त्रसित बनेका छन् ।

विष्फोट घटनामा विप्लप समूहको संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेकाे छ । घटनामा संलग्न व्यक्तिको खाेजी भइरहेको प्रहरीले जनाएको छ । 

बम बिष्फोट एनसेल टावर

विशेष