News

कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम फेरिँदै

कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम फेरिँदै

काठमाडौँ। आगमी शैक्षित्र सत्रदेखी लागु हुनेगरी पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम निर्माण गरेको छ । आगामी शैक्षिकसत्रबाट २०८० सालसम्म कक्षा १ देखी १२ सम्मका सबै पाठ्यक्रम परिवर्तन गर्दै जाने पाठ्यक्रम विकास केन्द्रका सुचना अधिकारी गणेश भट्टराईले बताए । 

भट्टराईका अनुसार कक्षा १ र ११ मा आगामी शैक्षिकसत्रबाट लागु हुनेगरी नयाँ पाठ्यक्रम निर्माण गरिएको छ शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गत २० भदौमा कक्षा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम स्वीकृत गरेको थियो । भट्टराईले कक्षा २, ३, ६ र १२ को पाठ्यक्रम आगामी ०७८ मा, कक्षा ४, ७, ९ को ०७९ सालम र ५, ८ र १० को पाढ्यक्रम ०८० सालमा परिवर्तन हुने बताए ।

कक्षा ११ र १२ का विद्यार्थीलाई ६ विषय अनिवार्य 

पहिले अनिवार्य र ऐच्छिक गरी ५ वटा विषय अध्ययन गरिरहेका कक्षा ११ र १२ का विद्यार्थीले लागु हुने नयाँ पाठ्यक्रममा तीन अनिवार्य र तीन ऐच्छिक गरी ६ वटा विषय अध्ययन गर्नुपर्ने हुन्छ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नेपाली, अंग्रेजी र सामाजिक अनिवार्य विषयको रुपमा पढ्ने छन् भने अन्य तीन वटा ऐच्छिक विषयको रुपमा पढ्न सक्ने छन् ।

त्यस्तै कक्षा १२ मा नेपाली अंंग्रेजी र जीवन उपयोगी शिक्षा अनिवार्य विषयको रुपमा पढ्नुपर्ने छ भने बाँकी तीन ऐच्छिक विषय हुन्छ । ८० वटा ऐच्छिक विषयलाई चार भागमा विभाजन गरिएको र विद्यार्थीले छनौट गर्दा तीन वटा ग्रुपबाट आफूले पढ्न चाहेको विषय छनौट गर्न सक्ने उनले बताए ।

बाँकी रहेको अर्काे ग्रुपबाट पनि विद्यार्थीले चाहेको खण्डमा चौथो ऐच्छिक विषय लिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । शिक्षा मन्त्रालयबाट स्वीकृति भइसकेको १ र ११ कक्षाको नयाँ पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखि लागु हुने उनको भनाइ छ  । यो समाचार नयाँ पत्रिका दैनिकमा मिलन दाहालले लेखेका छन।  
 

पाठ्यक्रम परिवर्तन

विशेष