News

गायिका आस्था राउत पक्राउ

गायिका आस्था राउत पक्राउ

काठमाडौंः प्रहरीले गायिका आस्था राउतलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीका अनुसार अभद्र व्यवहार सम्बन्धी मुद्धामा  उनलाई नियन्त्रणमा लिइएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् । उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए ।

आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन्। यसअघि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय  काठमाडौंले अनुमति दिएको थियो । माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो ।  

विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो । आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। 

आस्था राउत पक्राउ

विशेष